कराते टोली स्विट्जरल्यान्ड जाने

२३ भदौ, काठमाडौं । एघारौं बसेल ओपन मास्टर्स कराते प्रतियोगितामा भाग लिन दुई खेलाडीसहित ३ सदस्यीय नेपाली कराते टोली बिहीबार स्विट्जरल्यान्डको बसेल प्रस्थान गर्दै छन् ।


सेप्टेम्बर ११ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा सुमन तिमिल्सिना र सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सुमनले सिनियर एकल काता तथा सरोजले ८५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । सुमनले प्रशिक्षकको भूमिका पनि निर्वाह गर्ने छन् ।


अफिसियलमा प्रज्ज्वलप्रतिक क्षेत्री छन् । सहभागीले ७२ घण्टाको पीसीआर रिपोर्ट पेश गर्नु पर्ने हुन्छ । टोलीलाई सफलताको शुभकामना दिदै नेपाल गोजुरियो कराते संघ तथा एसियाली गोजुरियो कराते महासंघका महासचिव विआर मित्रले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली कतार एयरवेजबाट राती ८ बजे उड्ने कार्यक्रम रहेको छ ।

हरेराम जोशी स्मृति टेटे हुने

हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १५ औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।
६ स्पर्धामा भिडन्त हुने छ । पुरुष÷महिला सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान खुला स्पर्धामा खेल हुने छ । एकदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र हुने छन् ।

पौडी र तेक्वान्दो टोली सर्बिया जाँदै


आईएसएफ यु–१५ वल्र्ड स्कुल स्पोर्ट्स गेम्समा सहभागी हुन १५ खेलाडीसहित २४ सदस्यीय नेपाली पौडी र तेक्वान्दो टोली बिहीबार सर्बियाको बेल्ग्रेड प्रस्थान गर्दैछ ।
सेप्टेम्बर ११ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा ९ पौडी र ६ तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पौडी खेलाडीमा अजलकाजी ताम्राकार, अल्भिन महर्जन, अनुसिया तण्डुकार, जाडेन श्रेष्ठ, तेन्जिन नाम्दोलरियन गुरुङ, टिशा चित्रकार, तेजस्वि फाइजु, पलिस्था महर्जन र यात्रा केीि रहेका छन् । तेक्वान्दो खेलाडीमा सुजल कार्की, लवाङ लामा, शेख इरफान, प्रतिष्ठा केसी, सुविना तामाङ र सिमानी लामा छन् ।


पौडीको प्रशिक्षकमा नयना शाक्य, तेक्वान्दोको प्रशिक्षकमा रोशन बोहरा र सुवास तामाङ तथा टिम व्यवस्थापकमा सोविनराज रेग्मी छन् । आईएसएफ डेलिगेटमा राजकुमार कार्की, हेड अफ डेलिगसनमा मोहनकुमार कार्की, डेपुटी हेड अफ डेलिगेसनमा मिना महर्जन र एडिसनल अफिसियलमा देवेन्द्र राना मगर छन् । तेक्वान्दोका राकेशकुमार राईले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment