आज बुबाकाे मुख हेर्ने दिन, बुवाकालागि केहि मनछुने वाक्यहरू लेख्न चाहानुहुन्छ

२२ भदौ, काठमाडौं । बुवाकालागि केहि मनछुने वाक्यहरू पढ्नुहाेस ।
– हरेक पिताको सबैभन्दा ठुलो चाहना भनेकै आफ्नी छोरी सधै मुस्कुराएको हेर्ने हुन्छ ।

– एक पुत्रले आफ्नो पिताको प्रेम तबसम्म बुझ्दैन जबसम्म उ स्वयम् पिता बन्दैन ।

– आमा बिना घर शुन्य हुन्छ, अनि बुवा बिना जीन्दगी ।

– जीन्दगी जीउनुको मजा पितासंग मागेको सिक्कामा थियो, आफ्नो कमाईको नोटले त केवल घरखर्च चल्छ ।

– जब पिताले मुस्कुराएर सन्तानलाई हेर्छन, त्यहि नै विश्वको सबैभन्दा ठुलो खुसी हो ।

– हरेक छोरीकालागि उनको बुवा सुपरम्यान हुन्, जो हरेक काम गर्न सक्छन् ।

– एक पिता आफ्नालागी सबैभन्दा क्रुर हुन्, उनि सबै आफ्ना खुसीको हत्या गर्न सक्छन् ।

– हरेक छोरीको भाग्यमा एक पिता हुन्छन्, तर हरेक पिताको भाग्यमा छोरी हुदैँनन् ।

– सपना मेरो हो, तर त्यसलाई पुरा गर्न दिनरात जसले मेहनत गर्याे त्यो म होइन, मेरो बुवा हुनुहुन्थ्यो ।

– पिता त्यो अनमोल सम्बन्ध हो जसको रिसमा प्रेम र गालीमा आफ्नोपन भेटिन्छ ।

– यो दुनियाँ पैसाले चल्छ हजुर, तर त्यहि पैसा कमाउने चाहिँ मेरो बुवा हुनुहुन्छ ।

– भाग्यमानी हुन् ति जसको शिरमा पिताको हात हुन्छ, पिता नहुनेहरु त धनले पनि गरीब छन् ।

– बिहान म उठ्नु अघि जाने र राती म निदाएपछि आउने मेरो बुवा मेरो खुसी किन्न दिन रात काममा हराउनु हुन्छ ।

– तलब त अहिले मेरो पनि आउँछ तर इच्छा पुरा गर्न बुवाको कमाईले मात्र सम्भव थियो ।

– एक पिता र छोराबीच गहिरो प्रेम हुन्छ । बुवाले बताउन सक्दैनन् छोराले महशुस गर्न सक्दैन । तर जब बुझ्छन् तब ढिलो भइसहेको हुन्छ ।

– विश्वको धनी मानिस पनि आफ्नो माता पिता बिना गरीब सरह हुन्छ ।

– पिता नीमको रुख जस्तो जसको बोली तितो भएपनि उदेश्य हाम्रो भलाई नै हुन्छ ।

– मेरो घमण्ड, मेरा साहस, मेरी इज्जत, मेरा सम्मान, मेरो शक्ति, मेरी पूँजी, मेरो पहिचान हो मेरो बुवा ।

– जो आफ्नो सारा दुःख लुकाएर आफ्नो सन्तानको इच्छा पुरा गर्छ उ केवल एक पिता हुनसक्छ ।

– माता–पिताको आवश्यकता जती हामीलाई बालापन हुन्छ, हाम्रो त्यति नै आवश्यकता उहाँहरुलाई बुढेशकालमा हुन्छ ।

– एक पिता सय भन्दा बढि शिक्षक बराबर हुन्छन् । – जर्ज हरबर्ट

– जो कहिल्यै आफ्नो प्रेम बदल्दैनन् ति हाम्रा आमाबुवा हुन् ।

– पिता परमात्माको दोश्रो रुप हो ।

– मेरो पिताको काँध भन्दा अग्लो स्थान अर्काे कुनै छैन ।

– दुनियाको दुई असम्भव काम आमाको ममता र पिताको क्षमताको अनुमान गर्न सक्नु हो ।

– एक पिता सय पुत्रमा शाषित गर्न पर्याप्त छन् तर सय पुत्र पिताकालागि होइन ।

– कहिले हासो त कहिले अनुशासन हो पिता, कहिले मौन त कहिले भाषण हो पिता, आमा घरको भान्सा हुन् भने घरको रासन हुन् पिता ।

– निन्द्रा आफ्नो भुलाएर हामिलाई सुताउने, आशु आफ्नो खसाएर हामीलाई हसाउने, भोकै आफु बसेर हामीलाई अघाउने केवल मातापिता हुन् ।

– मेरालागि सबैभन्दा महत्वपुर्ण कुरा म एक पिता हुँ, यो भन्दा अरु केहि महत्वपुर्ण छैन ।

– एक पिता आफ्ना सन्तानको अनुशासनको सबैभन्दा ठुलो गुरु हुन् ।

– जब आमाले गाली गर्थिन्, तब पछाडीबाट हसाउने मेरो बुवा हुनुहुन्थ्यो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarFathers dayhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment