काठमाडौं उपत्यकामा मेट्रो रेल : कहिले बन्ने टुङ्गो छैन, कर्मचारी पालेरै सकियो ३० करोड रुपैयाँ !

२० भदौ काठमाडौं । काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनका विषयमा लगानी बोर्डले ३ वर्षअघि नै लगानी प्रक्षेपण गरेको थियो ।

बोर्डले मेट्रो रेल निर्माणका लागि ५ खर्ब ४७ अर्ब १७ करोड रुपैयाँ लागत अनुमान तयार पारेको थियो ।

रसियन कम्पनिले ३ खर्ब ३१ अर्बमा तयार पार्ने ईच्छा देखाएको थियो । काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनका विषयमा कुनै प्रारम्भीक काम समेत भएको छैन । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा मेट्रो रेल सञ्चालन गर्ने निर्णय भएपनि पछिल्ला सरकारहरुले मेट्रो रेलको आवरणमा राज्यको ढुकुटी दोहन मात्रै गरिरहेको पाइएको छ ।

महालेखा परिक्षकको ५८ औँ प्रतिवेदनका अनुसार मेट्रो रेलको विस्तृत अवधारणा प्रतिवेदन तयार गर्ने कार्यक्रम अवधि भएपनि हालसम्म कुनै काम नभएको उल्लेख गरिएको छ ।

महालेखाका अनुसार अनुमानित लागत ४ खर्ब ७७ अर्ब रहेको भनिएको यो आयोजनाको प्रशासनिक खर्च मात्रै ३० करोड रुपैयाँ सकिएको छ । तर, हालसम्म जग्गा प्राप्त गर्ने प्रारम्भीक काम समेत भएको छैन । दियो पोस्ट

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarLockdownMetro TrainnepalRailtechnology
Comments (0)
Add Comment