एमालेमा बिग्रिएका तत्वहरू चोइटिए : ओली

१९ भदाै, काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएर केही बिग्रिएका व्यक्तिहरू चोइटिएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा बिग्रिएका व्यक्तिहरू मन्त्री खानका लागि चोइटिएको बताए ।

फेरि ठूलो भुइँचालो जानेवाला छ भनिएको छ । ठूलो फुट आउनेवाला छ भन्ने कुरा छन् । अहिले पार्टीमा बिग्रिएका तत्वहरू, धेरै पहिलेदेखि बिग्रिएका थिए । जहिले पनि पार्टीमा झमेला गरेको छ । पार्टी फुटेको होइन, बिग्रिएका तत्वहरू चोइटिएका हुन्,’ ओलीले भने ।

अहिलेको सत्तारुढ गठबन्धको आलोचना गर्दै ओलीले मन्त्री पदका लागि गठबन्धन भएको बताए । उनले कार्यकर्तालाई उच्च मनोबलका साथ अगाडि बढ्न निर्देशन दिए । ओलीले माधव नेपालले जहिले पनि पार्टीमा झमेला गरेर पार्टीलाई कमजोर बनाएको बताए । विगतमा नेतृत्वमा हुँदा नेपालले पार्टीलाई ठूलो क्षति पुर्‍याएको उनको आरोप छ ।

एमाले भदौ ९ गते औपचारिक रूपमा विभाजन भएको थियो । माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthNewsPolitic
Comments (0)
Add Comment