दार्चुला घटनाको विरोधमा एकीकृत समाजवादीसम्वद्ध विद्यार्थीहरुद्वारा मोदीको पुत्ला दहन

१८ भाद्र, काठमाडौँ । दार्चुला घटनाको विरोधमा नेकपा एकीकृत समाजवादीसम्वद्ध विद्यार्थीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता प्रकरणलाई लिएर प्रदर्शनीमार्गस्थित रत्न राज्य क्याम्पसभित्रै कार्यकर्ताहरूले मोदीको पुतला दहन गरेका हुन्।

उनीहरूले जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर्, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।

१५ साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुनइको तार काटिदिँदा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी महाकाली नदीमा खसेका थिए ।

सरकारले साउन १७ गते जयसिंहको घटनाबारे अनुसन्धान गर्न पाँच सदस्य छानबिन समिति गठन गरेको थियो। उक्त समितिले जयसिंह धामीको बेपत्ता हुनुमा भारतीय सीमा सुरक्षा बल (एसएसपी)को संलग्नता रहेको देखिएको उल्लेख गर्दै छानबिन गरी दोषी उपर कानुनी कारबाही गर्ने सुझावसमेत दिएको थियो।

तर घटनाको विरोध गर्दै भारतलाई कूटनीतिक नोट पठाउने काम समेत नगरेको भन्दै सरकारको पनि आलोचना भइरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid19digital khabardigitalkhabarhealthNewsPolitic
Comments (0)
Add Comment