कोरियन एम्बासडर तेक्वान्दो सुरु

१८ भदौ, काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।
नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा हुने प्रतियोगितामा ५९३ खेलाडीको सहभागिता रहने प्रतियोगिता मुल आयोजक समितिका संयोजक समेत रहेका नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानु चन्दले जनाएका छन् ।

३ सय ९० पुरुष र २ सय ३ महिला खेलाडीले सहभागिता जनाउने छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुम्सेमा पदक जितेका प्राय सबै खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।


तीनदिने प्रतियोगितामा कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । व्यक्तिगत स्पर्धाको पुरुष÷महिलामा ६–६ गरी १२, पेयर र टिममा समान ६–६ गरी १२ तथा फेमिली र तेक्वान्दो एरोबिकमा समान १–१ गरी २ सहित कुल २६ स्पर्धा समावेश छन् ।


विगतमा भौतिक रुपमा प्रतियोगिता आयोजना हुँदै आएकोमा कोरोनो भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनगर गरी भर्चुअल रुपमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

कार्यदलले प्रतिवेदन बुझायो


राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत देशव्यापी रहेका भौतिक पूर्वाधार र जग्गाको अध्ययन गरी विवरण संकलन गर्न गठित भौतिक पूर्वाधार व्यवस्थान सम्बन्धी कार्यदलले बिहीबार प्रतिवेदन बुझाएको छ ।


राखेपकी सदस्य एवं कार्यदलकी संयोजक सुवर्णकेशरी श्रेष्ठले राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललाई एक कार्यक्रमबीच प्रतिवेदन हस्तान्तरण गरिन् ।


गत चैत २३ गते राखेपले श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलको सदस्यमा तालिम तथा प्रशिक्षण विभागका हिमालराज दाहाल, युवा तथा खेलकुद मन्त्रालयकी रेखा सिग्देल, भौतिक पूर्वाधार तथा निर्माण शाखाका राजु श्रेष्ठ, सामान्य प्रशासन शाखाकी सारदा दाहाल र आर्थिक प्रशासन शाखाका टंकराज कट्टेल रहेका छन् । सचिवमा प्रशासन विभागका भोजानन्द राई छन् ।


संयोजक श्रेष्ठले राखेप मातहतका सम्पत्तिको उचित संरक्षण र सम्बद्र्धन गर्न सके वार्षिक कम्तीमा १० करोड आम्दानी गर्न सकिने निस्कर्षसहितको प्रतिवेदन बुझाएको जानकारी गराउदै प्रतिवेदन कार्यन्वयन हुनेमा आफू विश्वस्त रहेको बताइन् । संयोजक श्रेष्ठले कतिपय स्थानमा कार्यदलले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको बताउदै कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निषेधाज्ञाका कारण विवरण संकलन गर्न ढिला भएको जानकारी गराइन् ।


सदस्य–सचिव सिलवालले परिषद् मातहतका सम्पत्तिको यथार्थ अवस्था बुझ्न प्रतिवेदनले ठूलो मद्दत पुग्ने बताउदै प्रतिवेदन पूर्ण रुपमा अध्ययन गरी कार्यन्वयनतर्फ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment