विश्वकप छनोट : इंग्ल्याण्डको शत प्रतिशत नतिजा कायम, सन् १९९३ पछि स्पेन पहिलोपटक पराजित

१८ भदाै, काठमाडौ । अर्को वर्ष आयोजना हुने विश्वकपको छनोट खेलमा इंग्ल्याण्डले आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ । बिहीबार इंग्ल्याण्डले हंगेरीमाथि ४–० को शानदार जीत हासिल गर्न सफल भएको हो । समूह आईमा रहेको इंग्ल्याण्डले हालसम्म खेलिएका ४ मध्ये ४ वटामै जीत हासिल गरेको छ । योसँगै समूहको शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाउन सफल भएको छ ।

खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफमा इंग्ल्याण्डले गोलको वर्षा गर्‍यो । राहिम स्टर्लिङ, ह्यारी केन, ह्यारी मग्वायर र डेक्लन राइसले गोल गर्दै इंग्ल्याण्डलाई सहज जीत दिलाए । उता, समूको दोस्रो स्थानमा रहेको पोल्याण्डले पनि अल्बानियालाई ४–१ गोलले हरायो ।

बिहीबार नै भएको अन्य खेलमा स्पेन स्वीडेनसँग २–१ ले स्तब्ध बनेको छ । विश्वकप छनोटमा स्पेन सन् १९९३ यता पहिलोपटक पराजित बनेको हो । कार्लोस सोलेरले लुइस एनरिकेको टोलीलाई खेलको सुरुवातमा नै अग्रता दिलाएका थिए । तर, १२ सेकेन्डपछि नै अलेक्सान्डर इसाकले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा भिक्टर क्लाएसनले डेजान कुलुस्भेस्कीको पासमा १२ यार्ड टाढाबाट गोल गर्दै स्वीडेनलाई जीत दिलाए । ​स्पेनपछिल्लो पटक विश्वकप छनोटमा डेनमार्कसँग सन् १९९३ को मार्चमा पराजित भएको थियो । त्यसयता स्पेनले विश्वकप छनोटका ५२ खेलमा जीत र १४ मा बराबरी गरेको थियो ।

जीतसँगै समूह बीमा स्पेनलाई उछिन्दै स्वीडेन शीर्ष स्थानमा उक्लिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarLockdownnepalNewsPolitictechnologyWorld Cup
Comments (0)
Add Comment