उपचाररत अभिनेत्री निशा घिमिरेको निधन

१७ भदाै, काठमाडौं । नर्भिक हस्पिटलमा उपचाररत अभिनेत्री निशा घिमिरेको निधन भएको छ । उनको हस्पिटलमै उपचारको क्रममा निधन भएको अस्पताल श्रोतबाट जानकारी प्राप्त भएको छ । तीन वर्षअघि भारतको देहरादूनमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी अभिनेत्री निशा घिमिरेको गत जेठदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । तर, उनको स्वास्थ्य अवस्था अझै सुधार नभएको मंगलबार अस्पतालले जनाएको थियो ।

‘निशा घिमिरे संरक्षण कोष’ ले दाहसंस्कार गर्नु अगाडी उनको पार्थिव शरीरलाई पशुपति आर्यघाट परिसरका राखेको थियो । निशाको शवलाई केही कलाकार र परिवारले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

अभिनेत्री बन्ने रहरले डिप्लोमा अध्ययनका लागि भारत पुगेकी कलाकार घिमिरेको सडक दुर्घटना भएको थियो । दुर्घटनामा परेपछि उनको ब्रेन ह्यामरेज भएको हो । दुर्घटनामा परेपछि उनको लामो समय भारतमै उपचार भयो । तर, अस्पतालको खर्च धान्न नसकेपछि परिवारले उनलाई नेपाल ल्याएको थियो ।

उनको उपचारमा ५० लाख खर्च भैसकेको समेत अस्पतालले जनाएको छ भने उनको उपचारका लागि भनेर देशबिदेशबाट आर्थिक सहयोगहरु जुटेको छ । तर, उनको निधनले सबैलाई मर्माहत बनाएको छ । उनको अन्त्यष्टि पशुपति आर्यघाटमा गरियाे ।

नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले निशाको नाजुक अवस्था देखेपछि जेठ २७ गते उद्धार गरेर नर्भिक अस्पतालमा निःशुल्क उपचार सुरु गराएकी थिइन् । दुर्घटनापछि उनको लामो समय भारतमै उपचार भएको थियो । तर, अस्पतालको महंगो खर्च धान्न नसक्ने भएपछि उनको परिवारले उनलाई एम्बुलेन्समार्फत् नेपाल ल्याए । उनले मैथिली र नेपाली भाषामा बनेको फिल्म ‘मधेशीपुत्र २’ सँगै केही म्यूजिक भिडियो र टेलिसिरियलमा अभिनय गरेकी छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirushealthLockdownnepalNewsNish Ghimiretechnology
Comments (0)
Add Comment