स्वास्थ्य सामग्री प्रदान

१७ भदाै, ललितपुर । फ्रेण्ड्स सर्भिस काउन्सिलले महालक्ष्मी नगरपालिकालाई कोभिड–१९ प्रतिकार्य परियोजना अन्तर्गत विभिन्न सामग्री उपलब्ध गराएकोे छ । वाग्मती प्रदेशका सांसद माधव पौडेलले बुधबार आयोजित कार्यक्रममा नगरप्रमुख रामेश्वर श्रेष्ठ र उपप्रमुख निर्मला थापालाई संयक्तरूपमा रू ५ लाख ५० हजÞार बराबरको अक्सिजन, मास्क, सेनिटाइजर, ह्याण्ड वास, साबुन, वेट मेशिन, अक्सिमिटर, वि पी सेट, फेस सिल्ड, नेवुलाइजर, फिटल डपर, सर्जिकल मास्क लगायत २३ प्रकारका सामग्री हस्तान्तरण गर्नुभएको हो ।

काउन्सिलको समन्वयमा बेलायतस्थित वल्ड जे वीस रिलिफको सहयोगमा प्राप्त ती सामग्री नगरपालिकाले आफ्नो क्षेत्रका विभिन्न स्वास्थ्य संस्थालाई उपलब्ध गराउने जनाइएको छ ।

यही अगष्ट महिनादेखि सञ्चालन गरिएको सो परियोजना अन्तर्गत नगरपालिका भित्र कोरोनाबाट सताइएका अतिविपन्न, अपागङ्ता भएका, जेष्ठ नागरिक, कोभिड–१९ का कारण रोजगार गुमाएका र सुत्केरी, गर्भवती तथा एकल महिला गरी २२५ जनालाई राहत स्वरूप एक परिवारलाई एक महिनासम्म पुग्ने खाद्यान्न सहयोग पनि उपलब्ध गराइएको थियो ।

यसैगरी विभिन्न सार्वजनिक स्थलमा सहयोग कक्ष, माइकिङबाट चेतनामूलक कार्यक्रम प्रसारण, समूहमा छलफल, घरदैलो भ्रमण, खोप कार्यक्रमबारे सूचाना प्रवाहजस्ता कार्य पनि गर्दै आएको काउन्सिलका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthLockdownnepalNews
Comments (0)
Add Comment