सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

१६ भदाै, काठमाडाैँ । सभामुख अग्नि सापकोटाविरुद्ध मुद्दामा परेको रिट ‘हेर्न नमिल्ने’मा परेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाइ तोकिएको थियो ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले सो इजलासले सभामुख सापकोटाविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ आदेश दिएको जानकारी दिनुभयो ।

प्रवक्ता दाहालका अनुसार न्यायाधीश हरिकृष्ण कार्कीले विगतमा कानुन व्यवसायी हुँदा यो मुद्दामा बहस गर्नुभएको थियो । यसैले कार्कीको स्वार्थ बाझिने भएकाले संवैधानिक इजलासले सापकोटाको उक्त मुद्दा ‘हेर्न नमिल्ने भएको उहाँले बताउनुभयो ।

यसअघि २०७६ फागुन ३० गते सभामुख सपकोटाविरुद्धको मुद्दा पेशीमा चढाइएको थियो, तर मुद्दा हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो । सशस्त्र द्वन्द्वकालमा काभ्रैका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सापकोटाविरुद्ध सर्वोच्चमा उजुरी परेको थियो ।

२०६२ वैशाख १६ गते श्रीकृष्ण मावि दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा पर्नुभएको थियो भने साउन तेस्रो साता लामालाई जिउँदै खाल्डोमा पुरेको भन्दै उहाँकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिनुभएको थियो । पूर्णिमायाको जाहेरी प्रहरी नलिएपछि उहाँले सर्वोच्चमा उजुरी दिनुभएको थियो ।

सर्वोच्चले २०६४ फागुन २२ गते आदेश दिएपछि जाहेरी दर्ता भएको थियो । तर, बाबुराम भट्टराई नेतृत्वको सरकारले सपाकोटाविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।
यस निर्णयविरुद्ध लामाकी पत्नी फेरि सर्वोच्च अदालत पुगेकी थिइन् भने सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको थियो । यो मुदा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । सोही मुद्दामाथि आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने तय भएकाे थियाे ।

 

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19DeathdigitalkhabarhealthNews
Comments (0)
Add Comment