वैदेशिक रोजगारीमा गएका व्यक्ति सम्पर्कविहीन

१६ भदाै, धनुषा । वैदेशिक रोजगारमा गएका यहाँका एक व्यक्ति विगत पाँच वर्षदेखि परिवारसँग सम्पर्कविहीन अवस्थामा छन् । कमला नगरपालिका– ७ सिङ्ग्याही मडान बस्ने दुखि मण्डल विगत पाँच वर्षदेखि परिवारबाट सम्पर्कविहीन हुनुहुन्छ । उहाँ सम्पर्कविहीन भएपछि परिवार चिन्तामा छ ।

आठ वर्ष पहिले मण्डल वैदेशिक रोजगारमा जानुभएको थियो । दुई÷तीन वर्षसम्म फोनमा कुराकानी हुने र पैसा पठाउने गरे पनि पाँच वर्षदेखि सम्पर्कविहीन भएको श्रीमती विनितादेवी मण्डलले बताउनुभयो ।

आर्थिक अवस्थामा सुधार ल्याउन, छोराछोरीको भविष्य उज्ज्वल पार्ने सपना बुन्दै श्रीमान्लाई विदेश पठाएकी विनिता यति बेला श्रीमान् हराएपछि निकै चिन्तामा हुनुहुन्छ । विनिताले भन्नुभयो, श्रीमान्लाई साउदी अरबबाट कमाएर पठाएको पैसाले ऋण तिर्ने, दुई सन्तानलाई राम्रो शिक्षा दिने, एउटा घर बनाउने र खुसीयाली साथ जीवनयापन गर्ने सोचेका थिए, सुरु–सुरुमा सबै राम्रो नै थियो ।

विनिताले थाहा पाएसम्म उहाँका श्रीमान् ऊट र बाख्राको रेखदेखको काममा जानुभएको थियो । उहाँसँग मोबाइल फोन नभएकाले मालिकले नै घरमा फोन सम्पर्क गराउने गरेको विनिताले बताउनुभयो । अहिले त मालिक पनि सम्पर्कमा नभएको विनिताले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19DeathdigitalkhabarNews
Comments (0)
Add Comment