तीजमा कडाई गर्न रुपन्देहीमा निषेधाज्ञा थपियो

१६ भदाै, रुपन्देही । कोरोना संक्रमण नरोकिएको भन्दै रूपन्देही प्रशासनले जिल्लामा जारी रहेको खुकुलो निषेधाज्ञा भदौ मसान्तसम्म लम्ब्याएको छ ।

दोस्रो चरणको महामारी उच्चविन्दुमा पुग्नथालेसँगै वैशाख १५ देखि जारी निषेधाज्ञा भदौ ३१ मध्यरात १२ बजेसम्मका लागि लम्ब्याइएको हो ।

यसबLचमा तीज पर्व पनि परेकाले नाचगान र जमघट गर्न पूर्णरूपमा रोक लगाइएको छ । यसअघिका निषेधाज्ञामा रोक लगाइएका सबै नियमलाई निरन्तरता दिएको रूपन्देही प्रशासनले जनाएको छ ।

तीज नजिकिएसँगै विभिन्न स्थानमा भेला, जमघट बढेको भन्दै प्रशासनले कडाई गरेको जारी विज्ञप्तिमा जनाइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigitalkhabar.com. LockdownhealthLockdown
Comments (0)
Add Comment