सत्ता गठबन्धनको बैठक जारी

 १५ भदाै, काठमाडाैँ । सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार जारी बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भइरहेको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी छन्।

देउवा नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा आलोचना भइरहेको छ। आलोचना जारी रहँदा गठबन्धनका दलहरु मन्त्रिपरिषद्लाई पूर्णता दिन मन्त्रालय र संख्याको टुंगो लगाउन जुटेका हुन्।

आजको बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाउनसक्ने सम्भावना रहेको जनाइएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Baluwatardigital khabarKathmanduPolitictechnology
Comments (0)
Add Comment