थप एक हजार ९०२ सङ्क्रमित, दुई हजार ८०८ कोरोनामुक्त, १६ को मृत्यु

१४ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा एक हजार ९०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ८९२ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, चार हजार ३९१ जनाकाे एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९३ जनामा सङ्क्रमण पुष्टि भएकाे छ ।पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ६० हजार १२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ८०८ जना कोरोनामुक्त भएका छन् । हालसम्म सात लाख १३ हजार ५२० जना निको भएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ७३० जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ ।३५ हजार ८७४ जना सकृय सङ्क्रमित रहेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment