गौसेवामा वाग्मती प्रदेशसभाका माननीय सांसद छिरिङ्ग दोर्जे लामा

१४ भदौ, काठमाडौं । श्रीकृष्ण जन्माष्टमीकाे दिन सामाजिक सेवामा सधै सक्रिय वाग्मती प्रदेशसभाका माननीय सांसद छिरिङ्ग दोर्जे लामाले गौसेवा तथा वृक्षयारोपण गरेका छन् ।

वाग्मती प्रदेशसभाका सांसद छिरिङ्ग दोर्जे लामाले काठमाडौं कागेश्वरी मनोहरा गोठाटार स्थित असहाय गाईबाछा संरक्षण स्थलमा उपस्थित जनाउदै सामजिक कार्य गरेका हुन् । साथै आज श्रीकृष्ण जन्माष्टमीकाे दिन उनको छोराको जन्मदिनका परेको अवसर संगै असहाय गाईबाछा संरक्षण स्थल गाईबाछाहरुलाई भोजन गराउनु भएको छ ।

सो अवसरमा उहाँले प्राणी हितका लागि आफू सधैं अग्रपंक्तिमा उभिएर कार्यगर्ने बताउनु हुँदै असहाय गाईबाछा संरक्षण स्थलका लागि आबश्यक बिजुली बत्ती आफ्नो तर्फबाट उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।

सो अवसरमा उहाँले गौप्राणी संरक्षण स्थल परिसरमा अमलाको बिरुवा रोप्दै गाईबाछाको भोजनका लागि रु. २० हजार उपलब्ध गराउनु भएको थियो ।

सामाजिक सेवामा वाग्मती प्रदेशसभाका माननीय सांसद छिरिङ्ग दोर्जे लामा वृक्षयारोपण गर्दै

कार्यक्रममा समाजसेवी अनु प्रसाईं लामाले कृष्ण अष्टमीको पावन अवसरमा गौप्राणीलाई भोजन गराउन पाउनुलाई सौभाग्य मान्दै प्राणीको सेवा उत्कृष्ठ सेवा रहेको बताउनु भयो ।

अभियानका अध्यक्ष उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ६ का अध्यक्ष दिपेन्द्र लामा र वडा सदस्य जयराम पुडासैनी लगायतका गौसेवा अभियानका अभियन्ताहरुको सहभागिता रहेको थियो ।


असहाय गाईबाछा संरक्षण स्थलमा आजको दिनमा १५० भन्दा ज्यादा असहाय गाईबाछाहरुले आश्रय पाईरहेका छन । सडकमा छाडिएका र जीर्ण, बिरामी भएका र अत्यन्तै साना आकारका गाईबाछाहरुलाई छाना, खाना, उपचार र मायाको प्रत्याभूती दिंदै सडकमा कुनैपनि गाईबाछाले दुर्घटना ब्यहोर्नु नपरोस भन्दै अभियानलाई स्वयंसेवी तवरमा अघि बढाईएको मानव अधिकार तथा शान्ति समाज काठमाडौंका सभापति तथा सामाजिक अभियन्ता ईश्वर पुडासैनीले जानकारी दिनुभयो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment