न्युजिल्यान्डका पूर्व क्रिकेट खेलाडी क्रिस क्रेन्सलाई ‘प्यारालाइज्ड’ अट्याक

१३ भदौ, काठमाडौं । शुक्रबारतिर सचिन तेन्दुलकरको एउटा ट्विट आएको थियो, जसमा उनले न्युजिल्यान्डका पूर्व क्रिकेट खेलाडी क्रिस क्रेन्सको स्वास्थ्यलाई लिएर चिन्ता पोखिरहेका थिए । दुवैले लगभग एउटै कालखण्डमा क्रिकेट खेले । त्यसैले तेन्दुलकरको चिन्ता स्वभाविक पनि थियो । विश्व क्रिकेटका सबैभन्दा सफल अलराउन्डरमा पर्छन्, क्रेन्स ।

सन् नब्बेको अन्त्यतिर र सन् दुई हजारको सुरुतिर क्रिकेट हेरेकाका लागि क्रेन्स परिचित नाम हो । यिनै न्युजिल्यान्डका खेलाडीबारे एउटा दु:खको समाचार आएको छ, उनी ‘प्यारालाइज्ड’ भएका छन् र उनको यो स्थितिमा सुधार हुने लामै समय लाग्नेछ । क्रेन्स अहिले ५१ वर्षका भए र केही दिन अगाडि मात्र उनलाई ह्दयघात भएको थियो ।

त्यसपछि उनको सिड्नीमा शल्यक्रिया गरिएको थियो र यसैक्रममा उनलाई अर्को ‘स्ट्रोक’ आएको थियो । यसै कारण उनी ‘प्यारालाइज्ड’ भए । उनको परिवारले भनेको छ, उनका खुट्टा ‘प्यारालाइज्ड’ भएका छन् र अब उनलाई लामो उपचार चाहिनेछ । उनको परिवारले यस दु:खद समयमा आफूहरूलाई सम्झनेप्रति धन्यवाद पनि दिएको छ ।

केन्सस्ले सन् १९८९ देखि २००४ बीच ६२ टेस्ट खेले । उनी आफ्नो समयमा लामा लामा छक्का प्रहार गर्न माहिर थिए । खेलको अन्त्यतिर भने उनीमाथि खेल मिलोमतो आरोप लाग्यो र त्यसले उनको प्रतिष्ठामा नराम्रोसँग आँच आएको थियो । आफूमाथि लागेको यस्तो खेल मिलोमतोको गम्भीर आरोप उनले सधैं अस्विकार भने गरिरहे । यही आरोपलाई लिएर उनी लगातार अदालती प्रक्रियामा पनि फसे ।

–द डेली मेलको सहयोगमा ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid19digital khabardigitalkhabarhealthNewsPlayerPoliticsports
Comments (0)
Add Comment