कोरोना खोप दोस्रो डोज लगाएका व्यक्तिमा ९० प्रतिशतसम्म प्रभावकारी : मन्त्रालय

१३ भदाै, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाएका व्यक्तिमा ९० प्रतिशतसम्म प्रभावकारी रहेको दाबी गरेको छ।

मन्त्रालयका अनुसार एक डोज मात्र खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूर्ण डोज खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको हो।

२१ असार गतेदेखि साउन ३० गतेसम्म देशभरबाट संकलित नमूनाहरु मध्ये १३ हजार १६१ जनाको परीक्षण गरी विश्लेषण गर्दा उक्त नतिजा आएको मन्त्रालयले जनाएको छ।

जसबाट प्राप्त प्रारम्भिक नतिजा अनुसार देशभरी ६८.६ प्रतिशत नमूनामा कोभिड-१९ एन्टिबडी देखिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिंग, उमेर, पेशा, तथा सबै समूहमा लगभग समान रुपमा नै एन्टिबडी देखिएको दाबी गरिएको छ।’ विज्ञप्तिमा भनिएको छ,‘ जसले हामीले लगाइराखेका खोपहरु अत्यन्त प्रभावकारी रहेको देखिन्छ ।’

भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने जोखिम कायमै रहेकोले संक्रमणको रोकथाम, नियन्त्रण गर्नु नै एक मात्र प्रभावकारी उपाय रहेको मन्त्रालयले दोहर्‍याएको छ ।

‘अतः भौतिक दुरि कायम गर्ने गराउने, भिडभाड नगर्ने नगराउने, घरबाहिर निस्कनै पर्ने भएमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने गराउने, सरसफाईमा ध्यान दिने र आफ्नो पालो अनुसार कोभिड १९ विरुद्धको खोप लगाउनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarHealth MinistryLockdownnepalNewsPolitic
Comments (0)
Add Comment