सप्तकोशीमा यस वर्षकै उच्च बहाव

१३ भदाै, सप्तकोशीमा । सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । केहीदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसारपछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड वहाव पुगेको छ । 

नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो । पहिल्लो मापनले सोरेकर्डलाई समेत उछिनेको छ । पूर्वका अधिकांश भेगमा वर्षा जारीरहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

चतरामारहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा वहाव थप बढ्ने आंकलन गरिएको छ । 

यसैबीच निरन्तरको वर्षासँगै कोशीको वहावमा निकैनै उतारचढाव देखिदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ । नदीमा आएको उतार चढावका कारण यस अघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमापूनः कटान सुरु भएको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केहि स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए  । उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको छ । नदीको वहाव बढेसँगै प्रजिअ सहितको टोली कोशी क्षेत्रको निरीक्षणमा निस्केको छ ।   

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment