सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि परिचरसम्म झन्डै ११ सय जनालाई खुल्यो जागिर

११ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षकदेखि परिचरसम्म विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ।

शुक्रबार गोरखापत्रमा प्रकाशित विज्ञापनअनुसार इन्स्पेक्टरमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १३७, जवानमा ७ सय ५५ र परिचरमा १ सय २८ जना मागिएको छ।

उक्त पदहरूमा सशस्त्र प्रहरी बलका सातै प्रदेशमा रहेका विभिन्न कार्यालयहरूबाट आवेदन दिन सकिनेछ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AdmissionAPFdigital khabar
Comments (0)
Add Comment