युरोप पठाइदिन्छु भन्दै ६ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

१० भदाै, काठमाडाैँ । युरोप पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिका–३ घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३३ वर्षीय पोशबहादुर सुनुवारलाई कोटेश्वरबाट महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।

सुनुवारले वर्किङ भिसामा युरोपेली मुलुक लिथुनिया पठाइदिन्छु भन्दै ६ जना व्यक्तिबाट एक–एक लाखका दरले ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको महाशाखाले जनाएको छ ।

पक्राउ परेका सुनुवारलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment