एम्बाप्पे लाई १६० मिलियन युरोको प्रस्ताव

१० भदौ, एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलिएन एम्बाप्पे भित्र्याउन प्रयास थालेको छ ।

२२ वर्षीय विश्व विजेता फ्रेन्च फरवार्ड एम्बाप्पे सन् २०१७ मा पीएसजीमा अनुबन्ध भएका थिए । उनको स्थानान्तरण रकम १६५.७ मिलियन पाउण्ड बराबरको थियो ।

एमबाप्पेको सम्झौता पीएसजीमा सन् २०२२ जुनमा सकिँदैछ । त्यसअघि रियलले एम्बाप्पेका लागि १६० मिलियन युरो (१३७ मिलियन पाउण्ड) प्रस्ताव गरेको बीबीसीले जनाएको छ ।

पीएसजीका स्पोर्टिङ डिरेक्टर लिओनार्दोले क्लबले एमबाप्पेलाई नरोक्ने तर रियल मड्रिडको प्रस्ताव पर्याप्त नभएको बताए ।

‘हामीले प्रस्तावलाई किलियन आजको लायकको भन्दा धेरै टाढाको रूपमा हेरेका छौँ ।’ उनले फ्रेन्च रेडियो स्टेशन आरएमसी स्पोर्टलाई भने ।

एमबाप्पेले पीएसजीका लागि १७४ खेलमा १३३ गोल गरेका छन् । उनले तीन लिग १ उपाधि र तीन फ्रेन्च कप जितेका छन् । ‘यदि कुनै खेलाडी छोड्न चाहन्छ भने यो हाम्रो शर्तहरु अन्तर्गत हुनुपर्छ । यो केलिएन मात्र होइन, सबै खेलाडीहरुमा लागू हुन्छ’ लियोनार्डोले भने, ‘यदि उनी जान चाहन्छन् भने हामी उसलाई रोक्ने छैनौं, तर यो हाम्रो शर्तमा हुन्छ ।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarfootballhealthnepalNewssportstechnology
Comments (0)
Add Comment