याैनजन्य व्यवहार देखिने सामग्रीमाथिको प्रतिबन्ध लगाउने वन्लीफ्यान्सको योजना स्थगित

१० भाद्र, एजेन्सी । हाल वयस्क सामग्रीका लागि प्रख्यात अनलाइन सब्सक्रिप्शन प्लेटफर्म वन्लीफ्यान्सले यसअघि घोषणा गरेको सामग्री निर्माण नीतिमा गरिने परिवर्तनलाई अब ढिलाइ हुने भएको छ । यसको प्रयोगकर्ताहरुद्वारा एक व्यापक प्रतिक्रिया पछि प्लेटफर्मले नयाँ घोषणा गरेको हो ।

सामग्री सदस्यता सेवा प्लेटफर्मले अक्टोबरदेखि यौनजन्य तस्वीरहरु र भिडियोहरुलाई रोक्ने योजनाको घोषणा गरेको थियो।तर अब सो योजना पछाडी सरेको छ ।

बुधवार, कम्पनीले ट्वीट गर्दै भन्यो “योजनाबद्ध १ अक्टोबर नीति परिवर्तनलाई स्थगित गरिएको छ।”

सो ढिलाइ स्थायी हुनसक्ने बारेमा हाल अस्पष्ट छ।

वन्लीफ्यान्सले ट्विटरमा थप लेख्यो- यो “सबै रचनाकारहरुको लागी एक घर प्रदान गर्न जारी रहनेछ”।

“तपाइँको आवाज सुनिएकोमा सबैलाई धन्यवाद,” कम्पनीले भन्यो।

कम्पनीले विविध क्रिएटर समुदायलाई समर्थन गर्नको लागी आवश्यक आश्वासन सुरक्षित गरेको र १ अक्टोबर योजनाबद्ध नीति परिवर्तनलाई स्थगित गरेको स्पष्ट पारेको छ।

कम्पनीले सामग्री निर्माताहरुलाई छिट्टै थप जानकारीका साथमा ईमेल गरिने बताएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AdultbusinessCoronavirusCovid-19digital khabarhealthnepalNewsOnly Fanssciencetechnology
Comments (0)
Add Comment