सञ्चयकर्ताको रकम मनपरी गरेपछि कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतम बर्खास्त

०६ भाद्र, काठमाडौं । सञ्चयकर्ताले जम्मा गरेको रकम मनोमानी गरेको भेटिएपछि कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमलाई बर्खास्त गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गौतमलाई प्रमुख प्रशासक पदबाट बर्खास्त गरेको हो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले गौतमलाई २०७६ साल जेठमा कोषको प्रमुख प्रशासकमा नियुक्त गरेका थिए । गौतम कोषको तर्फबाट हिमालयन बैंकको संचालक समितिको अध्यक्ष पनि हुन् ।

कोषको प्रमुख प्रशासक रहँदा संचयकर्ताको रकममा मनोमानी गरेको भेटिएपछि अर्थमन्त्री जर्नादन शर्माले उनलाई यसबारे सोधपुछका लागि मन्त्रालयमै बोलाएका थिए । चित्तबुझ्दो जवाफ नपाएपछि अर्थमन्त्री शर्माले गौतमलाई पदबाट राजीनामा दिन भनेका थिए।

तर, पदबाट राजीनामा दिन नमानेपछि बिहीबार क्याबिनेटको बैठकले उनलाई पदबाट हटाएको हो । गौतमकै अगुवाईमा आर्थिक वर्षको अन्तमा कर्मचारी सञ्चय कोषका पदाधिकारीले विभिन्न स्थानमा मन्दिर बनाउनदेखि आफ्नै कर्मचारीलाई प्रोत्साहन भत्ता भन्दै लाखौँ रकम बाँडिएको पाइएको थियो ।

संचयकर्ताको बचत रकमबाट भोजपुरमा मन्दिर बनाउन १ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता गरिएको भेटिएको थियो । भक्तपुरमा वृक्षारोपण गर्नका लाथि पनि कर्मचारीको बचत रकमबाट २ लाख रुपैयाँ आर्थिक सहायता गरिएको भेटिएको छ ।

यसैगरी मध्यपुर ठिमीमा रहेको मनोरम नगर समाजका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रशासक तुलसीप्रसाद गौतमले निर्णय गरी कार्यार्थ पठाएका भेटिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

bankbusinessdigital khabarLockdownnepalTulasi Prasad Gautam
Comments (0)
Add Comment