आइतबार सुनचाँदीको भाउमा गिरावट, ताेलाकाे कति ?

०६ भदाै, काठमाडाैँ । साताको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य घटेको छ । भदौ ६ गते, आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९० हजार ९०० र तेजाबी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको थियो ।

आइतबार सुनसँगै चाँदीको भाउमा गिरावट देखिएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार १८० रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार चाँदीको भाउ उकालो लागेर एक हजार १९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilvernepalNewsPolitic
Comments (0)
Add Comment