सप्तरीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

०४ भदाै, सप्तरी । सप्तरीमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । राजविराज–भारदह सडकखण्ड अन्तर्गत राजविराज नगरपालिका–१५ स्थित खाँडो खोला नजिक शुक्रबार दिउँसो तीन जना सवार अन टेस्ट मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा राजविराज नगरपालिका–११ झलही फर्सैठका २७ वर्षीय विनोद सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार २० वर्षीय गौतम सदा घाइते भएका छन् भने २१ वर्षीय धनराज सदा दुर्घटना भए लगत्तै फरार भएको काफ्लेले बताए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । मोटरसाइकल चालकको यकिन हुन नसकेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment