लुम्बिनी प्रदेशसभा बैठक स्थगित

०३ भदाै, रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगन गरिएको जनाएकोे हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले पार्टीले कारवाही गरेका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै निरन्तर सदन अवरुद्ध पारेकाले नवौं अधिवेशनको तेस्रो दिनको बैठक पनि स्थगन गरिएकोे हो । अर्को बैठक यही भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने छ ।

राजनीतिक दलसम्बन्धी ऐनको बर्खिलाप कुलप्रसाद केसी नेतृत्वको सरकारलाई समर्थन गरेकाले सांसदद्वय अजयबहादुर शाही र बिमला वलीलाई कारवाही गरेको पार्टीको केन्द्रीय कमिटिले त्यसको सूचना प्रदेश संसदीय दलमार्फत प्रदेश सचिवालयलाई बुझाइसकेको छ । उक्त पत्र प्रदेशसभामा पढेर सुनाउन र सांसदद्वय शाही र वलीलाई पदमुक्त गर्न एमालेले माग गर्दै आएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment