एमाले र जसपाको विभाजनसँगै नयाँ दुई राजनीतिक दल दर्ता

०२ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले औपचारिकरूपमा विभाजन भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न निवेदन दर्ता गर्नुभएसँगै नेकपा एमालेको औपचारिकरूपमा विभाजन पुष्टि भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले (समाजवादी) नामको दल दर्ताका निम्ति आयोगमा निवेदन दर्ता भएको जानकारी दिनुभयो । नेकपा एमाले (समाजवादी)मा साविक नेकपा एमालेका सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का २२ सांसद र ५८ केन्द्रीय सदस्य रहनुभएको नेता राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो । उक्त दलले माधव नेपालको अध्यक्षतामा ९५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरेको छ । उक्त दलले दर्ता गराएको निवेदनको दर्ता नम्बर ४३३ रहेको छ ।

आयोगमा आजै जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नामको नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दर्ता भएको छ । साविक जनता समाजवादी पार्टी विभाजनका क्रममा नयाँ दल दर्ता भएकाे हाे ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarelectionElection CommissionhealthLockdownMadhav NepalNewsPartyPolitic
Comments (0)
Add Comment