नेकपा (एमाले समाजवादी) दर्ताका लागि माधव नेपाल पक्ष निर्वाचन आयोगमा

०२ भदौ, काठमाडौँ । माधव नेपाल समूहले ९८ केन्द्रीय सदस्य सहितको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेको छ । नेकपा एमाले समाजवादी नामको नयाँ पार्टीको चुनाव चिन्ह खुला किताब रहेको बताइएको छ ।

नयाँ पार्टीमा माधव नेपाल अध्यक्ष छन् भने झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहनेछन् । साथै संघीय संसदका ३१ सांसद एमाले समाजवादीमा रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

नेपालको नयाँ पार्टीमा युवराज ज्ञवाली, राजेन्द्र पाण्डे, विरोध खतिवडा, वेदुराम भुसाल, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ लगायत नेताहरु छन् ।

यद्यपि नेपालसँग सुरुदेखि सँगै रहेका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लषायत नेताहरु भने अझै खुलेका छैनन् । नेकपा ‘एमाले समाजवादी’को संयोजकमा माधव नेपाल हुनुहुन्छ भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । त्यस्तै चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको बताइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarElection CommissionhealthLockdownMadhav NepalnepalNewsPartytechnology
Comments (0)
Add Comment