बार्सिलोनाको आर्थिक अवस्था चिन्ताजनक – जोआन

०२ भाद्र, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले क्लबको आर्थिक अवस्था निकै चिन्ताजनक रहेको बताएका छन् ।

अध्यक्ष लापोर्टाले पत्रकार सम्मेलन गर्दै क्लबको ऋणबारे जानकारी दिदै आर्थिक अवस्था निकै चिन्ताजनक रहेको बताएका हुन् ।

लापोर्टाले क्लबको ऋण १.३५ विलियन पाउण्ड रहेको समेत बताए ।

लापोर्टाले बार्सिलोनाको आर्थिक अवस्था खराब अवस्थामा पुग्न पूर्व अध्यक्ष जोसेप मारिया बर्टोमेउको हात भएको समेत बताए ।

कुल ऋण मध्ये ३ सय ९० मिलियन युरो खेलाडीको तलबसँग सम्बन्धित रहेको र ६ सय ७० मिलियन युरो बैंकको रहेको उनले बताए ।

यस्तै ४० मिलियन युरो सदस्यताबाट गुमाएको र कोरोना महामारीले ९१ मिलियन युरो घाटा व्यहोरेको उनले बताए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

barcabusinessCoronavirusfootballhealthLockdownSpainSports Newstechnology
Comments (0)
Add Comment