२० वर्षको सङ्घर्षपछि देशलाई मुक्त – तालिबानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलन

०२ भदौ, एजेन्सी । राजधानी काबुलसहित अफगानिस्तान नियन्त्रणमा लिन सफल भएसँगै तालिबानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले २० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको बताएका छन् ।

”यो पूरै देशका लागि गर्वको क्षण हो,” उनले भने ।

”अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ,” उनले थपे ।

”हामीविरुद्ध लडेका सबैलाई हामीले माफी दिएका छौँ । हामी बाह्य वा आन्तरिक शत्रु चाहँदैनौँ ।”

उनले याे पनि भने कि अफगानिस्तानकाे भूमि कुनैपनि देशकाे विरूद्धमा प्रयाेग हुने छैन । साथै उनले महिला अधिकारकाे बारेमा गम्भीर रहेकाे भन्दै कसैसँग दुश्मनीकाे भाव नरहेकाे प्रष्ट पारेका छन् ।

प्रवक्ता जबिहुल्लाहले अन्तर्राष्ट्रिय समुदायलाई लगानी गर्न आव्हान गरेका छन् । साथै कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताए ।

उनले मिडियालाई स्वतन्त्ररूपमा चल्न दिनेपनि बताए । उनले थपे “देशकाे कानून नयाँ सरकारले तय गर्नेछ ।”

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPoliticTalibantechnology
Comments (0)
Add Comment