पारालिम्पिक टोलीलाई केल्मीद्वारा खेल पोशाक प्रदान

०१ भदौ, काठमाडौं । जापानमा हुने टोकियो पारालिम्पिकमा सहभागी हुने नेपाली टोलीलाई कामरु ट्रेडिङ प्रा.लि. ले केल्मीको खेल पोशाक मंगलबार प्रदान गरेको छ ।


नेपालमा केल्मीको आधिरिक विक्रेता कामरुले पूर्व सम्झौता बमोजिम टोलीलाई खेल पोशाक प्रदान गरेको हो । कामरुले टोकियोमै सम्पन्न ३२ औं ग्रीष्मकालीन टोकियो ओलम्पिकमा सहभागी नेपाली टोलीलाई पनि केल्मीको खेल पोशाक प्रायोजन गरेको थियो ।
पारालिम्पिकमा सहभागी हुने १ खेलाडीसहित ५ सदस्यीय टोलीलाई कामरुका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले दरबारमार्गस्थित आफ्नै कार्यकक्षमा सामाग्री हस्तान्तरण गरे ।


अगष्ट २४ तारिखदेखि सुरु हुने पारालिम्पिक नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनले प्रतिस्पर्धा गर्दैछिन् । पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।


पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, सरोज श्रेष्ठ सेफ दि मिसन, डा. दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी हुँदै छन् । टोली शुक्रबार जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।


कार्यक्रममा प्रबन्ध निर्देशक न्यौपानेले केल्मीले विभिन्न खेलमा प्रायोजन गर्दै आएको जानकारी गराउदै पारालिम्पिकमा नेपालले राम्रो नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे ।

एथलेटिक्स परिवारद्वारा वार्षिक कार्यक्रम घोषणा


एथलेटिक्स परिवार, नेपालले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक कार्यक्रम घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै एथलेटिक्स परिवारले वार्षिक कार्यक्रम घोषण गरेको हो ।


एथलेटिक्स परिवारले २०७८ मंसिरमा काठमाडौंमा युथ एथलेटिक्स च्याम्पियनसिप (यु–१६÷यु–२०), २०७८ माघमा नुवाकोटमा झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता, २०७८ फागुनमा काठमाडौंमा गोल्डेन एथलेटिक्स मिट र २०७९ साउनमा खुला क्रसकन्ट्री दौड प्रतियोगिता आयोजना गर्ने परिवारका अध्यक्ष राजन खत्रीले जानकारी दिए । खुला क्रसकन्ट्रीको स्थान भने पछि तय गरिने बताइएको छ । सबै प्रतियोगिता आयोजना गर्न करिब ४५ लाख खर्च लाग्ने परिवारले जनाएको छ ।


सोही अवसरमा एथलेटिक्स परिवारको ९ सदस्यीय पदाधिकारीहरुको नामवली पनि सार्वजनिक गरिएको थियो । अध्यक्षमा खत्रीलगायत उपाध्यक्षमा दीपककुमार रन्जित, सचिवमा मन्जु श्रेष्ठ, कोषाध्यक्षमा सुष्मा पाण्डे तथा सदस्यमा राजकुमारी पाण्डे, सिताराम महतो, सुन्दरकेशर कार्की, बुलाल महर्जन र आसराम गोठे रहेका छन् । सल्लाहकारमा मोहन नेपाल, सुशिलनरसिंह राणा, सुनिल राजवंशी र सन्जिव तुलाधरलाई चयन गरिएको छ ।


अध्यक्ष खत्रीले एथलेटिक्स परिवार, नेपाल काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको जानकारी गराए ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment