नेप्से आज मंगलबार सामान्य अंकले बढ्यो : १८ अर्ब २० करोड ४९ लाख बराबरको कारोबार

०१ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से ०.२३ अंकले बढेर तीन हजार एक सय ६० दशमलब ३२ विन्दुमा पुगेको हो ।

त्यस्तै, आज कारोबार रकममा पनि बृद्धि भएको छ । आज १८ अर्ब २० करोड ४९ लाख बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १५ अर्ब ९३ करोड ८ लाखको कारोबार भएको थियो । आज कारोबार भएका छ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १२ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज शेयरमूल्यमा १० प्रतिशतले बृद्धि हुने कम्पनीहरुमा गोर्खाज फाइनान्स, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर, अरुण काबेली पावर, पञ्चकन्यामाई हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, माउन्टेन इनर्जी नेपाल, सिडिईबीडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रु रु जलविद्युत परियोजना, जीवन विकास लघुवित्त वित्तिय संस्था रहेका छन् ।

त्यस्तै, एनआइबीएल प्रगति फण्ड, नबिल डिभेञ्चर र सिद्धार्थ इकयुटी फण्डको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ७ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज ८६ करोड भन्दा बढीको कारोबार भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarLockdownnepalNewsPolitic
Comments (0)
Add Comment