आज नेप्से ५.७२ अंकले बढ्यो : १५ अर्ब ९३ करोड ८ लाखको कारोबार

३२ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार सामान्य अंकले बढेको छ । आज नेप्से ५.७२ अंकले बढेर तीन हजार एक सय ६० दशमलब ५ विन्दुमा पुगेको हो । त्यस्तै, आज १५ अर्ब ९३ करोड ८ लाखको कारोबार भएको छ भने आज कारोबार भएका सात समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा नेशनल हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त वित्तिय संस्था, रु रु जलविद्युत परियोजना र हिमालय उर्जा विकास कम्पनी रहेका छन् ।

त्यस्तै, आईसीएफसी फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ७ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ७४ करोड भन्दा बढीको कारोबार भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarnepalNews
Comments (0)
Add Comment