आज साउन महिनाकाे अन्तिम सोमबार, पूजाआजा गरी आज व्रत समापन, पशुपतिमा भजनकीर्तनदेखि नाचगानसम्म

३२ साउन, काठमाडौं । आज यस वर्षको साउन महिनाको अन्तिम वा पाचाै सोमबार । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी आज व्रत समाप्त गर्दछन् ।

बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरिका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गरेको छ। पशुपतिनाथ मन्दिर तथा आसपासका शिवालयमा पनि भीड लागेको छ।

बिहान ३ बजेबाट खुला पशुपतिनाथ मन्दिरमा महिला भक्तजनको भीड बढी देखिन्छ। साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा–आराधना गरेमा मनोकाङ्क्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ। कति भक्तजन भने भजनकीर्तनसहित नाचगान गरेर रमाइलो गरिरहेका छन्।

तस्बीर: चन्द्रकला क्षेत्री/रासस

विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले यो व्रत साउनको पहिलो सोमबारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरुले आज गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्छन्।

साउन महिनाको सोमबार शिव पूजनका लागि पवित्र मानिन्छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् ।

साउनको अन्तिम सोमबार आज बिहानैदेखि सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भीड लागेको छ। भोलेनाथ काँवरिया सङ्घको आयोजनामा भएको आजको बोलबममा हजारौँ भक्तजन सहभागी भएका थिए। बोलबम मेला भर्न आइतबार साँझ नै भक्तजन सुन्दरीजल पुगेका थिए।

साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने गर्दछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownMondaynepalNewsPoliticShivtechnology
Comments (0)
Add Comment