मेगा बैंक नेपालद्वारा ५ वटा नयाँ शाखाहरु विस्तार

३१ साउन, काठमाडौं । मेगा बैंक नेपालले आइतबार ५ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।

बैंकले मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरमा, चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहामा र कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटमा शाखाहरु विस्तार गरेको हो ।

यी शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए ।

मेगा बैंकले यो एक महिनाको अवधिमा मात्रै १२ वटा शाखा विस्तार गरिसकेको छ । अहिले मेगा बैंकका देशभर १९० शाखा कार्यालयहरु रहेका छन् भने थप ४ वटा शाखाहरु सञ्चालनमा आउने तयारीमा रहेका छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment