विश्व हात्ती दिवसमा वृक्षरोपण

२८ साउन,झापा । मानवबाट मारिएका हात्ती र हात्तीबाट मारिएका मानवका स्मृतिमा आज यहाँ विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको छ । विश्व हात्ती दिवसको अवसर पारेर मेचीनगर नगरपालिका–४ बाहुनडाँगीको मेची नदी किनारमा शिरिष, जडुललगायतका फूल फुल्ने प्रजातिको बिरुवा रोपण गरिएको हो । कार्यक्रममा विभिन्न सङ्घसंस्था, होटल व्यवसायी र स्थानीयवासीको सहभागिता रहेको थियो ।

नेपालकै सबैभन्दा बढी हात्तीको आक्रमणबाट मान्छेको मृत्यु भएको स्थान नै बाहुनडाँगी रहेको हुँदा उनीहरुको स्मृतिमा वृक्षरोपण कार्यक्रम गरिएको हात्ती संरक्षक शङ्कर लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्ममा सो स्थानमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक दर्जन हात्तीसमेत मारिएको छ ।

कार्यक्रममा हात्तीको महत्व, यसको जैविक विविधतामा भूमिका, आक्रमणबाट बच्ने उपाय र संरक्षणमा स्थानीयवासीको दायित्व विषयमा समेत जानकारी गराइएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment