साउने सोमबार मन्दिर बाहिरैबाट पशुपतिनाथको पूजा

२५ श्रावण, काठमाडाैं । आज साउनको सोमबार । भगवान् पशुपतिनाथ मन्दिरमा अन्य दिनका अतिरिक्त साउनको सोमबार विशेष पूजाअर्चना हुने भएकाले यहाँ भक्तालुहरुको भीड लाग्ने गर्दछ । हाल देशमा कोभिड– १९ को महामारीका कारण पशुपतिनाथ मन्दिर बन्द गरिएको छ ।

भक्तालुहरु भने मन्दिर परिसर पुगेर गजूरको दर्शन गर्दै पूजा गरेका छन् । मन्दिर बन्द रहेपनि यस वर्ष साउन महिनामा लाखौँ श्रद्धालुले यसैगरी भगवान् शिवको पूजा गरेका छन् । आज पनि मन्दिर परिसरमा देखिएका दर्शनार्थीहरु फोटो फिचरमा ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ५ धनेश्वरस्थित धनेश्वर महादेव मन्दिर परिसरमा पूजाआराधना गर्दै भक्तजन दर्शनार्थीहरु ।

तस्बिर: रत्नकृष्ण श्रेष्ठ/रासस



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthMondaynepalNewsPashupatinathPolitictechnology
Comments (0)
Add Comment