नेप्से परिसूचक १२ दशमलव ६४ अंकले घट्यो : १४ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार

२१ साउन, काठमाडौं । साताको अन्तिम कारोवारमा नेप्से परिसूचक १२ दशमलव ६४ अंकले घटेर ३,११० दशमलव ८१ को विन्दुमा कायम भएको छ ।

विभिन्न कम्पनीको २ करोड ८८ लाख ४५ हजार ४ सय ३१ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३१ करोड १६ लाख ८२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ६४ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपि पावर कम्पनीको ५६ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४७ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । फर्स्ट मायक्रोफाइनान्स कम्पनीको २८ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको २८ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक र जीवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ३८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ७९ प्रतिशतका दरले गुमाएका छन् । बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ३२ प्रतिशतका दरले गुमाएका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarlast dayLockdownnepalNewsshare market
Comments (0)
Add Comment