गृहमन्त्री खाण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

२० साउन, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो ।

भेटमा गृहमन्त्री खाणले कोभिड–१९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि प्रयोग नभएको भन्दै प्रदेश २ का जनतालाई खोप लगाउनका लागि प्रदेश सरकारले उत्प्रेरित गर्न मुख्यमन्त्री राउतसँग आग्रह गर्नुभएको थियो ।

गृहमन्त्री खाणले भेटमा सङ्घीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुद गरी देश र जनताको पक्षमा काम गर्ने बताउनुभएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment