कामिका एकादशीको महत्व।

१९ श्रावण, काठमाडाैं । मिति २०७८ साल श्रावण २० गते बुधबार श्रावणकृष्ण पक्ष कामिका एकादशी तिथी अपरान्ह : २ / १८ बजेसम्म त्यस उप्रान्त द्वादशी तिथी भएकोले एकादशीको ज्ञान श्रीकृष्णले युधिष्ठिरलाई ,ब्रह्माले नारादलाई दिनुभएकोले कलिकालमा पनि मुमुक्षुजनहरुले ज्ञानी गुरुजनहरुबाट प्राप्त गर्नु पर्दछ।

“श्रावणैएकादशी कृष्णा कामिकेती च नामत ।
तस्या :श्रवणमात्रेण वाजपेयफलं लभेत्”//

श्रावण महिना कृष्णपक्षको एकादशीको नाम कामिका हो। यसको ज्ञान सुन्नाले मात्र पनि वाजपेय यज्ञ गरेको फल प्राप्त हुन्छ। कस्को पूजा गर्ने भन्दा

“श्रावणे श्रीधरं देवं पूजयेद् यो नरोत्तम :/
तेनैव पूजिता देवा गन्धर्वोरगपन्नगा ://

जो उत्तम मनुष्य श्रावणमहिनामा श्रीधर भगवानको पूजा गर्दछ ,त्यसै पूजाले सारा देवता ,गन्धर्व ,नाग ,साँप सबै पुजिन्छन्।पापरूपी हिलोमा फँसेका र संसाररूपी समुद्रमा डूबेका मनुष्यका निम्ति यस एकादशीको व्रत र भगवान विष्णुको पूजन अत्यन्त आवश्यक छ। यस अवसर भन्दा ठूलो पाप नाश गर्ने मौका पाउन गाह्रो छ। किन गर्ने भन्दा

“न पश्यति कुयोनिं च कामिका व्रतसेवनात्।
कामिकाया व्रतेनैव कैवल्यं योगिनो गता ://

कामिकाको व्रत बस्नाले अधम {निच }योनिमा जन्मनु पर्दैन। यो व्रत गर्नाले नै कयौं योगीहरुले कैवल्य मोक्षधाम प्राप्त गरे। त्यसैले यो कामिकाको व्रत गर्नु पर्दछ। के चढाएर गर्ने भन्दा सकिन्छ सोडोपचारले ,सकिंदैन मानशिक पूजा गर्ने, अथवा पत्र, पुष्प, फल, जल,

“तुलसीमन्जरीभिस्तु पूजितो येन केशब ।
आजन्मकृतपापस्य तेन सम्मार्जिता लिपि ://

यो दिन जुन मनुष्यले तुलसीका मन्जरीहरुले केशब भगवानको पूजा गर्दछ ,त्यसले जन्मैदेखि गरेका पापहरु सबै बढार्दछ। त्यसैले तुलसीको महत्व छ। यो भगवानको स्वरूप हो। आयुर्वेदमा पनि तुलसीलाई प्रमुख मानिएकोछ किनकि यसले अक्सिजन प्रवाह गर्दछ।

त्यसैले “या दृष्टा निखिलाsघसंघशमनी स्पृष्टा वपु पावनी, रोगाणामभिवन्दिता निरशनी सिक्ताsन्तकत्रासिनि।

प्रत्यासन्नविधायिनी भगवत :कृष्णस्य सारोपिता,
न्यस्ता तच्चरणे विमुक्तिफलदा तस्यै तुलस्यै नम ://

जसको दर्शनले समस्त पापहरु शान्त हुन्छन, जसलाई छुनाले शरीर पवित्र हुन्छ ,जसलाई ढोग्नाले सारा रोगहरु {पापहरु} नासिन्छन्, जसको जल शिरमा छर्नाले यमराज पनि डराउँदछन्, जसको पात शिरमा चढायो भने भगवान कृष्णको अत्यन्त नजिकै बस्न पाइने गराउँदछिन्, भगवानको चरणकमलमा चढायो भने मुक्ति दिलाउँछिन्, त्यस्ती तुलसीलाई नमस्कार छ।जसले यस एकादशीका दिन रात्रिको समयमा भगवानको मन्दिरमा दियो बाल्दछ, उसका पितृहरूले स्वर्गलोकमा अमृतपान गर्ने अवसर प्राप्त गर्छन तथा जसले घिउ वा तेलको दीपक जलाउदछन, ती सय करोड दीपकबाट प्रकाशित भएर सूर्य लोक पुग्दछन। यो गर्नाले के फल प्राप्त हुन्छ भन्दा अरु पुण्य क्षेत्रमा गरेको स्नान , दान ,ध्यान , पूजा ,यज्ञ – यज्ञादी भन्दा धेरै गुना फल प्राप्त हुन्छ। त्यति मात्र नभएर

“ब्रह्महत्याsपहरणी भ्रूणहत्या विनाशिनी।
त्रिदिवस्थानदात्री च महापुण्यफलप्रदा “//

ब्रह्महत्याको पाप हर्नेवाला ,गर्भपतनको पाप बिनाश गर्नेवाला ,ठूलो पुण्यको फल दिने वाला यो कामिका एकादशीको व्रत जस्ले बस्दछ उ मरेपछि स्वर्गमा बस्न पाउँछ। त्यसैले कलिकालमा मानिसहरुले बुझेर सत्यगुणी कार्यगरे अवस्य मोक्ष हुन्छ ,यसमा संका छैन।

पं-बालमुकुन्द देबकोटा

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Bal MakundaBalmakunda DevkotabusinessCoronavirusCovid-19digital khabarLockdownnepalNewsReligionstechnology
Comments (0)
Add Comment