राखेपद्वारा छानबिन समिति गठन

१९ श्रावण, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) विवादको छानबिन गर्न समिति गठन गरेको छ । राखेपको कार्यकारी समितिको बैठकले बोर्ड सदस्य पुरेन्द्र बिक्रम लाखेको संयोजकत्वमा मंगलबार ७ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा रेनुका नगरकोटी, सुर्वण श्रेष्ठ, चन्द्र बन्दना राई, अर्जुन बिक, नारायण अर्याल र सरोज पोखरेल सदस्य रहेका छन् । राखेपले समितिलाई सात दिन भित्र छानबिनको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

पछिल्लो समय राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीच विवाद देखिएको छ ।

प्रशिक्षक अलमुताइरीले गत आइतबार वरिष्ठ उपाध्यक्षका कारण आफुले राजीनामा दिने घोषणा गरेका थिए । प्रशिक्षकले वरिष्ठ उपाध्यक्षले केही हप्तादेखि आफुलाई काम गर्न नदिएको आरोप लगाएका थिए ।

आफुमाथि गम्भिर आरोप लागेपछि नेम्वाङले छानबिनका लागि एन्फामा निवेदन दिएका थिए । लगत्तै प्रशिक्षकले समेत दुई पत्रकार सहित वरिष्ठ उपाध्यक्षमाथि छानबिनका लागि निवेदन दिएका थिए ।

एन्फाले प्रशिक्षक र वरिष्ठ उपाध्यक्षको निवेदनमाथि छलफल गर्न आकस्मिक कार्यसमिति बैठक समेत आह्वान गरेको थियो । त्यहि बैठकले विवाद छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयमा निवेदन दिने निर्णय गरेको थियो ।

एन्फाले मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवाद छानबिनका लागि आग्रह गरेपछि मन्त्रालयले सोमबार राखेपलाई छानबिनका लागि निर्देशन दिएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Abdullah AlmutairiANFAfootballNational Sports CouncilRa Khe PaRa Khe Pqa
Comments (0)
Add Comment