आज सुनको मूल्य स्थिर

१९ साउन, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज पनि सोहि मूलय कायम गरिएको हो । सोमबार भने सुनको मूल्य तोलामा एक सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य १२८५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२७५ कायम गरिएको महासंघले जनाएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarGoldnepalNews
Comments (0)
Add Comment