अल्मुताइरीले पूर्व प्रशिक्षक तथा खेलाडीसँग मागे माफी

18 श्रावण, काठमाडौं । राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले नेपाली जनतासँग क्षमाको याचना गर्नुभएको छ । दुई साता अघि अखिल नेपाल फुटबल संघ(एन्फा)का वरिष्ठ उपाध्यक्षको कारणले आफू राजिनामा दिन लागेको प्रशिक्षक अब्दुल्लाह अलमुतैरीको अभिब्यक्तिपछि राष्ट्रिय टोलिका प्रशिक्षण समेत प्रभाबित भएको छ ।

उक्त विवादकै बीच एन्फाका प्रवक्ता किरण राईले सोमबार पदबाट राजिनामा दिनुभएको छ । एन्फाले उक्त विवादबारे छानबीन गर्न युवा तथा खेलकूद मन्त्रालयलाई आग्रह गरेको थियो ।

केही समय अघि एक अनलाईन मिडियामा दिएको अन्तर्वातापछि बिबादमा आएका प्रशिक्षक अल्मुताइरीले नेपाली फुटबल समर्थक तथा पूर्व खेलाडी र प्रशिक्षकसँग सार्वजनिक रुपमा माफी मागेका हुन् ।

उनले सोमबार आफ्नो आधिकारीक फेसबुक पेजमातर्फत एक अनलाइन मिडियालाई दिएको अन्तर्वार्ताको विषयमा माफी मागेका हुन् ।

अल्मुताइरीले एक अनलाइनलाई दुई साताअघि दिएको एक भिडियो अन्तरवार्तामा आजभन्दा ३० वर्षअघिसम्मको नेपाली फुटबलका खेलाडीहरु नतिजाका लागिभन्दा पनि नयाँ देश हेर्न र घुम्न मात्र जाने गर्दथे तर आफ्नो आगमनपछिको नतिजामा फरक आएको जिकिर गरेका थिए ।

प्रशिक्षक अल्मुताइरीले आफ्नो भनाइको गलत अर्थ लागेको महसुस भएको बताउँदै माफी मागेका हुन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarLockdownnepalNewstechnology
Comments (0)
Add Comment