कोइराला, निधि र सिंहबीचको भेट सम्पन्न, संवैधानिक बाध्यता ख्याल गरि महाधिवेशन सम्पन्न गर्ने निष्कर्ष

१६ साउन, काठमाडौँ । नेपाली कांग्रेसका नेताहरु प्रकाशमान सिंह, शशांक कोइराला र विमलेन्द्र निधिले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्नुपर्ने माग गरेका छन् ।

शनिबार चाक्सीबारीस्थित सिंह निवासमा तीन शीर्ष नेताहरुले बैठकपछि यस्तो निष्कर्ष निकालेका हुन् । महाधिवेशनको तयारीबारे छलफल चलिरहँदा तीन नेतापुत्र आन्तरिक छलफलमा जुटेका हुन् ।

तीनैजना कांग्रेसका नेतापुत्र यसअघि पनि पटक पटक भेटघाट र छलफल गरेका थिए । बीपी पुत्र शशांकले यसअघि महाधिवेशनका लागि नेतापुत्रहरुबीच अनौपचारिक सहमति भएको बताएका थिए ।

प्रकाशमान गणेशमान सिंहका पुत्र हुन् भने विमलेन्द्र महेन्द्रनारायण निधिका छोरा हुन् । प्रकाशमानका स्वकीय सचिव यूपी लामिछानेका अनुसार शनिबार तीन नेताहरुले भदौमै महाधिवेशन गर्नका लागि पार्टीमा दबाब दिने निष्कर्ष निकालेका थिए ।

महाधिवेशन भदौभन्दा पछि धकेलिएको खण्डमा संविधान र कांग्रेसकै अस्तित्व खतरामा पर्ने समेत तीन नेताहरुले निष्कर्ष निकालेका छन् । ‘महाधिवेशन भदौपछि जाँदा संवैधानिक संकट आएर कांग्रेसकै अस्तित्वमाथि प्रश्न उठ्न सक्छ’ नेताहरुलाई उद्धृत गर्दै लामिछानेले भने ।

कांग्रेसको १४ औं महाधिवेशनमा सिंह, कोइराला र निधिमध्ये एक जना सभापतिमा उम्मेदवारी दिने शशांक कोइरालाले बताएका छन् । महाधिवेशनलाई नै लिएर सिंह, कोइराला र निधि यसअघि कम्तिमा तीन पटक भेटघाट तथा छलफल गरिसकेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment