तेस्रो लहरमा के अभाव हुनसक्छ त्यो हेरेर आविष्कार गर्छौैंः महावीर पुन


१४ श्रावण, काठमाडौं । नयाँ विचार र नयाँ केहि गरौं भन्ने सोच भएका व्यक्तिलाई हौसला तथा साथ दिने उद्देश्यका साथ स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रले नौ वर्ष पूरा गरेको छ ।

स्थापनाको समय नौ वर्ष भएको भएपनि आविष्कार गर्न सुरु गरेको जम्मा तीन वर्षमात्र पूरा भएको छ।

नेपालमा केहि आविष्कार होस् भन्ने उद्देश्यले डा. महावीर पुनले यसको स्थापना गरेका थिए। अमेरीकी जीवनलाई चटक्क छाडेर नेपालमा आएर करीब २० वर्षको समाज सेवापछि यसको स्थापनाको परीकल्पना आएको उनी बताउँछन्। समाज सेवाको कामले मात्र देश विकास नहुने ठानेर आफूले यसको आविष्कार केन्द्रको परिकल्पना गरेको उनको भनाई छ ।

२० वर्ष गरेको कामको प्रशंसा स्वरुप आफूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड मिलेको उनको भनाई छ । तर आफूलाई अवार्ड र प्रशंसाको लोभ कहिले नरहेको उनले बताए। नेपालमा विदेशबाट आईरहेका सामग्रीहरु नेपालमा नै उत्पादन गर्ने आविष्कार केन्द्रको उद्देश्य रहेको उनको भनाई छ ।

अहिलेसम्म नेपालमा केहि नविनतम् कुराहरु आविष्कार गर्ने परिपाटी नबसेका कारण आविष्कार केन्द्रले यो परिपाटी बसाउन खोजेको उनले बताए।

आफूहरुले कोरोनाको पहिलो र दोस्रो लहरमा पीपीई, स्वाव सङ्कलनको लागि बुथको निर्माण, कोरोना संक्रमितलाई खाना पुर्याउने नर्सिङ् रोवर्ट, डिस्ईन्फेक्सन बक्स, शव व्यवस्थापन गर्ने बाकस जस्ता कुराहरुको निर्माण गरेको उनले जानकारी दिए।

सम्भावित तेस्रो लहरको जाखिमलाई पनि आविष्कार केन्द्रले ध्यान दिएको पुनको भनाई छ । तर तेस्रो लहर कस्तो खालको आउँछ भन्ने जानकारी नभएकाले तेस्रो लहरमा हुने अभावलाई हेरेर आफूहरुले आविष्कारको प्रक्रिया अपनाउने उनले बताए। गोरखापत्रअनलाइन



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarLockdownMahabir PunnepalNewsPoliticsciencetechnology
Comments (0)
Add Comment