नेप्से आज आइतबार उच्च अंकले बढ्यो :१४ अर्ब ३० करोड २३ लाख बराबरको कारोबार

१० साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकले बढेको छ । आज नेप्से ५४.३१ अंकले बढेर तीन हजार ५८ दशमलब ३१ विन्दुमा पुगेको हो ।

त्यस्तै आज कारोबार रकममा पनि उछाल आएको छ । आज १४ अर्ब ३० करोड २३ लाख बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ७ अर्ब ८९ करोड ७५ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज नौँ कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले बढेको छ । जसमा बिशाल बजार कम्पनी, ङादी ग्रुप पावर, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था, राधी विद्युत कम्पनी, कालिका पावर कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, युनिभर्सल पावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनी रहेका छन् ।

त्यस्तै, आज लक्ष्मी उन्नती कोष र कुमारी इक्युटी फण्डको शेयरमूल्यमा गिरावट आएको छ । जसको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा नेपाल बैंकलिमिटेडको कारोबार भएको छ । यस कम्पनीको आज ४९ करोड भन्दा बढीको कारोबार भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment