गुर्जो रोपणलाई तराईका जिल्लामा केन्द्रित गरिँदै

०८ साउन, काठमाडौं । मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति गुर्जो रोपण प्रदेश नं २ र वाग्मतीका जिल्लामा केन्द्रित गरिएको छ । पहाडमा भन्दा तराइमा पाइने गुर्जोमा औषधीय गुण बढी हुने भएकाले पहाडी जिल्लामा तराईको गुर्जो रोपिएको हो ।

तराईका जिल्लामा भने पहाडमा पाइने गुर्जो रोपण गरिएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिनुभयो । वाग्मती प्रदेशका काठमाडौँ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकलगायत विभिन्न स्थानमा अभियानका रुपमा गुर्जो रोप्नुभएका अभियानकर्मी राजलवटले यो हप्ता तराईका जिल्लामा रोपण शुरु गर्नुभएको छ ।

सिन्धुली, धनुषा, महोत्तरी, सिराहालगायतका जिल्लामा गुर्जो रोपण अभियान जारी रहेको उहाँले सुनाउनुभयो । बिहीबार बर्दिवास नगरपालिका–४ का विभिन्न स्थानमा गरी ५०० बोट गुर्जो रोपिएको छ । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिलगायतको सक्रिय सहभागिता थियो । सो अवसरमा गुर्जोबाट बनेको चिया र धुलो पनि वितरण गरियो ।

आन्तरिक राजस्व कार्यालय लाहानमा कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी निवासमा गुर्जोको नर्सरी उत्पादन गरी विसं २०७६ चैतदेखिदेखि उहाँले रोप्ने अभियान शुरु गर्नुभएको हो ।

कोरोनाबाट बच्न जारी बन्दाबन्दीका बेला गुर्जोलगायत जडीबुटीबाट बनेको चिया र धुलो औषधी वितरणलाई पनि राजलवटले अभियानका रुपमा अघि बढाउनुभएको हो । कोरोना लागेकालाई नियमित गुर्जोबाट बनेको चिया र धुलोको सेवनले राम्रो गरेको सेवनकर्ताको अनुभव छ ।

गत वर्ष एक लाख ६० हजारभन्दा बढी गुर्जोका बिरुवा रोप्ने अभियानको नेतृत्व गर्नुभएका राजलवटले त्यति नै सङ्ख्यामा चिया र धुलोका पोका वितरण गर्नुभएको थियो । यस वर्ष पनि १५ हजारभन्दा बढी गुर्जोका बिरुवा रोपण गरिएको जनाइको छ । करिब २० गुर्जोलगायत वनस्पतिबाट बनेको चिया र धुलो यस वर्ष वितरण गरिएको छ । अभियानकर्मी राजलवटले आन्तरिक राजस्व कार्यालय धुलिखेलमा सरुवा भई आएपछि पनि गुर्जोका बिरुवा रोपण एवं चिया र धुलो वितरणलाई निरन्तरता दिनुभएको हो ।

आयुर्वेद शास्त्रले मानिस जुन स्थानमा जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँको प्रकृतिमा हुन्छ भन्ने मान्यता राख्छ । यसैगरी प्रत्येक वनस्पतिमा औषधीय गुण हुन्छ तर चिन्ने र संयोजन गर्ने गुण मानिसमा हराउँदै गएकाले विदेशबाट महँगो औषधि किन्न बाध्य हुनुपरेको छ ।

हाल कौडीको भाउमा जडीबुटीको कच्चा पदार्थ बाहिरिने र महँगोमा वार्षिक अर्बौंको औषधि आयात हुने गरेको छ । यसलाई रोक्न गुर्जोजस्ता जडीबुटीको प्रवद्र्धन गर्ने अभियानमा लागिएको राजलवटले सुनाउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment