कांग्रेसले बालुवाटारमा पार्टीको बैठक नराख्ने

०७ साउन, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने भएको छ ।कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्ने बताएका छन् ।

बिहीबार दिउँसो ट्विटरमा उनले लेखेका छन्, ‘विगतको गलत गलत परम्परालाई तोड्दै अबदेखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने ।’

महामन्त्री खड्काले कांग्रेसको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक साउन ८ गते बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बताएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment