भारतमा थप ४२ हजार संक्रमित, ४८९ संक्रमितको मृत्यु

०६ श्रावण, एजेन्सी । भारतमा थप ४२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४२ हजार १२३ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १२ लाख १५ हजार १४२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १३ हजार ६३०जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ४८९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १८ हजार ५१२ पुगेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment