रु ५० लाख लागतमा बाटो निर्माण

०५ साउन, कलैया । प्रसौनी गाउँपालिका–६ बेलहियादेखि प्रस्टोकासम्म ४७० मिटर ढलान बाटो निर्माण सम्पन्न भएको छ । प्रदेश २ सरकारको रु ५० लाखको लागतमा बाटो बनाइएको हो ।

वडा नं ६ का वडाध्यक्ष बृजकिशोर कुसवाहाले बाटो निर्माण भएसँगै आवतजावतमा सजिलो भएको बताउनुभयो । रातदिन काम गरी सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष राजाबाबु अंसारीले जानकारी दिनुभयो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment